भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार नाघ्यो
काठमाडौ, मंसिर १८ : भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ ।यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख...
काठमाडौ, मंसिर १८ : भारतमा पछिल्लो २४ घण्टामा ४९८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो सँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ६५७ पुगेको छ ।
यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९५ लाख नाघेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३३ हजार ७६१ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको याृ वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख ३३ हजार ४७१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८९ लाख ७० हजार १०४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, मंसिर १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











