Kathmandu Press

सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, मंसिर १७ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड...
सरकारका कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्छौं : अर्थमन्त्री पौडेल

काठमाडौं, मंसिर १७ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड– १९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले सरकारको नीति कार्यान्वयनका क्रममा गुनासा आएकाले आफूले अवरोध पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको बताए।

निजी क्षेत्रबारे सरकारको दृष्टिकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताए। ‘रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ। त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन,’ उनले भने।

कुनै पनि कुरा निजी क्षेत्रलाई ‘इम्पोज’ नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए। उनले भने, ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौँ। सुझाव सुन्छौँ। मिलेर काम गर्छौं।’ अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगतरुपमा समेत छलफल गर्ने भन्दै व्यावहारिक र कार्यान्वयन जान सकिने सुझाव दिन क्षेत्रलाई आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा जोड दिएका थिए। महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिइ सरकारसँगको सहकार्यमा अघि बढाउने बताए। सो अवसरमा अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सफलताको शुभकामना दिएका छन्।

प्रकाशित मिति: ०१:३६ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्