Kathmandu Press

रिहा भए वरिष्ठ नेता पौडेल 

काठमाडौं, मंसिर १७ : जिल्ला प्रहरी कार्यालय तनहुँले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरेको छ। बुधबार साँझ रिहा भएका पौडेलले सरकारले...
रिहा भए वरिष्ठ नेता पौडेल 

काठमाडौं, मंसिर १७ : जिल्ला प्रहरी कार्यालय तनहुँले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई रिहा गरेको छ। बुधबार साँझ रिहा भएका पौडेलले सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया दिएका छन्।

उनलाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले तनहुँको व्यास नगरपालिका १ तालघरेबाट नियन्त्रणमा लिएको थियो।

पौडेल पक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहा गर्न माग गरेका थिए।

प्रकाशित मिति: ००:०४ बजे, बिहीबार, मंसिर १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्