प्रधानमन्त्रीलाई देउवाको फोन, नेता पौडेललाई तत्काल रिहा गर्न माग
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई किन पक्राउ गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न...
काठमाडौं, मंसिर १७ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई किन पक्राउ गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार सभापति देउवाले प्रधानमन्त्रीलाई फोन गर्दै वरिष्ठ नेता पौडेललाई तत्काल रिहा गर्नसमेत माग गरेका छन्।
देउवाको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले नेता पौडेलकै शान्ति सुरक्षाका लागि प्रहरीले उनलाई सुरक्षित स्थलमा लगेको बताएका थिए।
आज तनुहँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले पौडेलसहित कांग्रेसका केही नेता तथा कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो। महामारीको समयमा पुल उद्घाटनको लागि जुलुस लिएर हिँडेको भन्दै नेता पौडेललाई प्रहरीले पक्राउ गरेको हो।
पुल उद्घाटन गर्ने विषयलाई लिएर कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप समेत भएको थियो।
प्रकाशित मिति: २३:५१ बजे, बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











