Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए ७२३ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर १६ : काठमाडौं उपत्यकामा थप ७२३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ७२३  जनामा कोरोना...
काठमाडौं उपत्यकामा थपिए ७२३ जना कोरोना संक्रमित

काठमाडौं,  मंसिर १६ : काठमाडौं उपत्यकामा थप ७२३  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ७२३  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५३१,  भक्तपुरमा ५८ र ललितपुरमा ६१ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

यस्तै,  बुधबार नेपालमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने अहिलेसम्म २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १५६७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: २२:१६ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्