Kathmandu Press

थप १४९० जनामा कोरोना संक्रमण, १५६७ जना डिस्चार्ज

काठमाडौं,  मंसिर १७ : नेपालमा थप १४९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९० जनामा कोरोना संक्रमण...
थप १४९० जनामा कोरोना संक्रमण, १५६७ जना डिस्चार्ज

काठमाडौं,  मंसिर १७ : नेपालमा थप १४९०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ भने अहिलेसम्म २ लाख १८ हजार १६१ जना संक्रमणमुक्त भएका छन्।

यस्तै,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५२८  पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १५६७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
 

प्रकाशित मिति: २२:०६ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्