Kathmandu Press

पुल उद्घाटन गर्न गएका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा 

तनहुँ, मंसिर १७ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गृहजिल्ला तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १,...
पुल उद्घाटन गर्न गएका कांग्रेस नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा 
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल।

तनहुँ, मंसिर १७ :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

गृहजिल्ला तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले वरिष्ठ नेता पौडेललाई तालघरेबाट नियन्त्रणमा लिएको हो। पुल उद्घाटन गर्ने विषयलाई लिएर कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ।

पौडेलले आफू र तनुहँ कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएका छन्।

उनले फेसबुकमा लेखेका छन्,‘ भर्खर प्रहरी परिचालन गरी मलाई र तनहुँ जिल्ला कार्यवाहक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु। साधारण जनता र नेपाली कांग्रेसका कार्यकर्तामाथिको प्रहरी लाठीचार्ज र दमन तत्काल बन्द होस्।’ 

प्रकाशित मिति: २१:३६ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्