Kathmandu Press

नेकपाको स्थायी कमिटी बैठक फेरि सर्‍यो

काठमाडौं, मंसिर १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरि सरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं अध्यक्ष...
नेकपाको स्थायी कमिटी बैठक फेरि सर्‍यो
नेकपाको पार्टी कार्यालय।

काठमाडौं, मंसिर १७ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरि सरेको छ। 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बसेको सचिवालयको बैठकले मंसिर १८ गतेका लागि बोलाइएको स्थायी कमिटीको बैठक तीन दिन पछि सारेको हो। 

 प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब स्थायी कमिटीको बैठक मंसिर २१ गते दिउँसो १ बजे बस्नेछ।

बुधबार बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली उपस्थित भएनन्। प्रधानमन्त्री अनुपस्थित भएपछि  सचिवालय बैठक पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री समेतको उपस्थितिमा छलफल गर्न आवश्यक र उचित हुने निष्कर्षसहित स्थगित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सचिवालयको अर्को बैठक मंसिर २० गते दिउँसो १ बजेका लागि तय गरिएको छ। 
 

प्रकाशित मिति: २०:५३ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्