Kathmandu Press

केही दिनमै बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरलाई बेलायतले प्रयोगको अनुमति दिएको छ।
केही दिनमै बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने
प्रतिकात्मक तस्बिर

काठमाडौं, मंसिर १७ : बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरलाई बेलायतले प्रयोगको अनुमति दिएको छ। सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो नै सबै भन्दा पहिलो खोप र राष्ट्र हो। 

मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै यसको प्रयोगको अनुमति दिएको हो। बुधबार बेलायत सरकारले विज्ञप्ती जारी गर्दै खोप वितरणको कार्य अर्को हप्तादेखि सुरु हुने जानकारी दिएको हो।

अमेरिकाले यो खोप स्वीकृतिका लागि द्रुत गतिमा अघि बढ्ने संकेत गरेको थियो। खोपको सम्भावित रोलआउटका लागि देशभरका चिकित्सकहरूलाई स्ट्यान्डबाइमा राखेको थियो। तर बेलायत सरकारले भने अहिले नै खोपको ४ करोड डोज माग गरिसकेको छ। जसका लागि कुल दुई करोड बेलायती रकम खर्च हुने अनुमान गरिएको छ। यो खोप प्रति व्यक्ति दुई डोज लगाउनु पर्ने हुन्छ।

फाईजरले केबल १० महिनामा खोप तयार पारेको हो। जुन अहिलेसम्मकै छोटो समय मानिएको छ। यसअघि कुनै पनि खोप बन्नका लागि वर्षौँ लाग्ने गरेको अनुसन्धनकर्ताहरुको भनाइ छ।

खोप वितरणमा उच्च जोखिममा रहेको मानिसहरु र फ्रन्टलाईनमा रहेका कर्मचारीहरुलाई प्राथमिकतामा राखिने बेलायत सरकारले जनाएको छ। यस्तै फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमासमेत खोप वितरणको अनुमतिका लागि निवेदन दिएको छ।

प्रकाशित मिति: २०:११ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्