प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण सचिवालयको बैठक एक घण्टा ढिलो बस्ने
काठमाडौं, मंसिर १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन्। मंगलबार...
काठमाडौं, मंसिर १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन्।
मंगलबार बसेको बैठकमा चर्काचर्की भएपछि आज उपस्थित नहुनेसंकेत देखाएका अध्यक्ष ओलीले आफू निकटका नेताहरुसँगको परामर्शपछि आजको बैठकमा सहभागी हुन तयार भएका हुन्।
आजको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित कार्यक्रमभन्दा एक घण्टा ढिलो बस्न लागेको हो। बैठक दिउँसो २ बजे बस्ने तय भएको छ।
प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलको कार्यव्यस्तताका कारण बैठक सरेको बालुवाटार स्रोतले जनाएको छ।
प्रकाशित मिति: १८:४३ बजे, बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











