Kathmandu Press

कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : पौडेल

तनहुँ, मंसिर १७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन तनहुँले...
कांग्रेसको महाधिवेशन तोकिएको समयमा हुनुपर्छ : पौडेल

तनहुँ, मंसिर १७ :नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्।

नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै पार्टीको महाअधिवेशन हुनुपर्ने बताए। त्यसका लागि आफू आन्तरिकरुपमा पनि सङ्घर्ष गरिरहेको उनको भनाइ थियो।

वरिष्ठ नेता पौडेलले भने, 'प्रजातन्त्रको मूल मर्म भनेको आवधिक निर्वाचन र विधिको शासन हो। त्यसकारण महाधिवेशन तोकिएको मितिमा हुनुपर्छ भनेर मैले पार्टीभित्रै लडाइँ गरिरहेको छु।'

पार्टी र विधानको रक्षा गर्न पनि तोकिएको समयमा नै महाधिवेशन हुनुपर्नेमा उनको जोड थियो।

वरिष्ठ नेता पौडेलले राजतन्त्र, अधिनायकवाद र प्रतिगामी बाटोमा नेपाललाई जान नदिन पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताउँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको प्रवरद्धन र अन्यायकाविरुद्ध कांग्रेस सक्रिय भएर लाग्ने बताए। (रासस)

प्रकाशित मिति: १७:१२ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्