Kathmandu Press

प्रहरी हत्याका आठ अभियुक्त जेल चलान

धनगढी, मंसिर १७ : प्रहरीको हत्याको आरोपमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।कैलालीको धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका...
प्रहरी हत्याका आठ अभियुक्त जेल चलान

धनगढी, मंसिर १७ : प्रहरीको हत्याको आरोपमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

कैलालीको धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको आरोपमा नौ जनालाई पक्राउ गरिएको थियो। उनीहरुमध्ये धनगढीका व्यापारी राजिव गुप्तालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छोड्न र अन्यलाई थुनामा राख्ने जिल्ला अदालतले आदेश दिएको थियो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धरौटी बुझाएपछि व्यापारी गुप्ता रिहा भएका छन्। अन्य आठ जनालाई भने जेल चलान गरिएको छ।

जेल चलान गरिएकाहरु धनगढी उप–महानगरपालिका–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल राना रहेका छन्।

कात्तिक १ गते नियमित गस्तीमा खटिएका वेला असई विक र प्रहरी जवान साउद वेपत्ता भएका थिए। असई विकको अर्को दिन नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा शव भेटिएका थियो भने दुई दिनपछि साउद पनि मोहना नदीमै मृत भेटिएका थिए।

 

प्रकाशित मिति: १६:५५ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्