Kathmandu Press

बाँके र पाल्पामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं, मंसिर १७ : कोरोना भाइरसको संक्रमणबाट बाँके र पाल्पामा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ।बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दाङको तुलसीपुर...
बाँके र पाल्पामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं, मंसिर १७ : कोरोना भाइरसको संक्रमणबाट बाँके र पाल्पामा उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ।

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दाङको तुलसीपुर उपमहानगरपालिका ६ का ५६ वर्षीय पुरुषको आज बिहान ५ बजे मृत्यु भएको हो। स्वास्थ्यमा समस्या आएपछि उनी मंसिर ६ गते अस्पताल भर्ना भएका थिए।

उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर ७ गते कोरोना संक्रमण देखिएको थियो। उनी गम्भीर भएपछि प्लाज्मा थेपारी पनि गरिएको थियो। तर, उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै, पाल्पामा उपचाररत पाल्पा र स्याङजाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाप्लाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ वर्षीय युवक र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ युवकको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

पाल्पाका युवकलाई मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। दुई दिन होम आइसोलेसनमा बसेका उनी मंसिर १४ गते अस्पताल भर्ना भएका थिए।

त्यस्तै, स्यांजाका युवक बिरामी भएपछि मंसिर १ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीक्षण गर्दा मंसिर २ गते कोरोना संक्रमण देखिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १५:४२ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्