विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख नाघ्यो

काठमाडौ, मंसिर १७ : विश्वभरमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ ।
यसैगरी बुधबार बिहानसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८६ हजार ६०९ पुगेको छ । एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा ११ हजार ७८१ जनाको मृत्यु भएको छ।
अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छन् जसमध्ये संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ । संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।
सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ ।
अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: १३:४१ बजे, बुधबार, मंसिर १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












