Kathmandu Press

प्रचण्डले ओलीलाई भने- तपाईमा 'आई एम द स्टेट' भन्ने अहंकार छ

‘तपाईंमा कुण्ठाग्रस्त हुनुहुन्छ । तपाईंका दृष्टिकोण सर्वहारा श्रमजीवी वर्गीय मार्क्सवादी दृष्टिकोण हैन, गुटवाद दुष्टिकोणसँग मेल खान्छ’ दाहालले बैठकमा भने। 
प्रचण्डले ओलीलाई भने- तपाईमा 'आई एम द स्टेट' भन्ने अहंकार छ
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमा आई एम द स्टेट भन्ने ठूलो अहंकार भएको बताएका छन्। 

मंगलबार बालुवाटारमा भएको सचिवालय बैठकमा बोल्दै दाहालले ओलीमा भयंकर ठूलो व्यक्तिवाद र अहंकार भएको आरोप लगाएका हुन् । 


‘तपाईंले अगाडि सारेको पत्रमा व्यक्तिवाद छ, अंहकार छ । तपाईंमा ‘आई एम द स्टेट’ भन्ने ठूलो भ्रम छ,’ दाहालले बैठकमा राखेको भनाई उदृत गर्दै एक सचिवालय सदस्यले भने, 'तपाई बालुवाटारबाट गुट चलाईरहनु भएको छ।'

दाहालले प्रधानमन्त्री ओलीमा कुण्ठा रहेको पनि बताएका थिए । ‘तपाईंमा कुण्ठाग्रस्त हुनुहुन्छ । तपाईंका दृष्टिकोण सर्वहारा श्रमजीवी वर्गीय मार्क्सवादी दृष्टिकोण हैन, गुटवाद दुष्टिकोणसँग मेल खान्छ’ दाहालले बैठकमा भने। 


बैठकमा दाहालले ओलीले उठाएका प्रश्नलाई लिएर सचिवालयकै अर्को बैठक वा स्थायी कमिटीमा व्यवस्थित रुपमा लिखित पुरक प्रस्ताव प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

ओलीले भने अव बैठक बस्न आवस्यक नभएको भन्दै भोलीको बैठकमा नबस्ने संकेत गरेका छन् । नेकपा सचिवालय बैठक भोली बुधबार पनि डाकिएको छ। 
 

प्रकाशित मिति: ०२:४३ बजे, बुधबार, मंसिर १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्