Kathmandu Press

नेपालले भारत र चीन दुवै देशसँग फाइदा लिन सक्नुपर्छ : डा. महत

काठमाडौं,  मंसिर १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर...
नेपालले भारत र चीन दुवै देशसँग फाइदा लिन सक्नुपर्छ : डा. महत

काठमाडौं,  मंसिर १६ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन्।

नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाइ छ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा नेता महतले भने,‘भारतसँग नेपालको त्रेतायुग र द्वापरयुगदेखिको सम्बन्ध हो। चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो। विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो इकोनोमी चीन हो। भारत पाँचौं आर्थिक संख्या हो। दोस्रो कुल जनसंख्या भारतसँग छ। हामी दुवै देशको बीचमा छौं। दुवै देशसँग प्राचिन सम्बन्ध छ।’

महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पुरानो र घनिष्ठ रहेको सुनाए। उनले भने,‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढी छ। साथसाथै, आर्थिक सम्बन्ध बढी छ। नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ। चीनबाट १५ प्रतिशत हुन्छ। ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ। व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ। लगानीको कुरा गर्दा भारतबाट आएको छ। चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन्। भारतसँग आवातजावात बढी छ। चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ। भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाइदा लिनुपर्छ।’

उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितका लागि दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्ने जोड दिए। महतले नेपालले  भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए। उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि बताए।

प्रकाशित मिति: २३:२८ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्