Kathmandu Press

नेकपा सचिवालय बैठक : अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरू

काठमाडौं, मंसिर १६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल...
नेकपा सचिवालय बैठक : अध्यक्षद्वय ओली र प्रचण्डको प्रस्तावमाथि छलफल सुरू
नेकपाको सचिवालय बैठकमा सहभागी नेताहरू। फाइल तस्वीर।

काठमाडौं, मंसिर १६ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल सुरु भएको छ। 

मंगलबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले पेश गरेका छुट्टा–छुट्टै राजनीतिक प्रस्तावमाथि छलफल सुरु भएको हो।  बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डका साथै अन्य नेताहरुले पनि आ–आफ्ना धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बालुवटारमा दिउँसो १ बजेदेखि सुरु भएको बैठक झण्डै चार बजेसम्म चलेको थियो। यसअघि बैठकको सुरुमै महासचिव विष्णु पौडेलको जन्मदिनका अवसरमा केक काटिएको थियो।

६२ वर्षमा प्रवेश गरेका पौडेललाई अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले केक खुवाएर शुभकामना दिएका थिए। 

प्रकाशित मिति: २२:३२ बजे, मंगलबार, मंसिर १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्