बालुवाटारमा सचिवालय बैठकअघि मनाइयो महासचिव पौडेलको जन्मदिन
काठमाडौं, मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ। पौडेलको ६२ औं जन्मदिनको...
काठमाडौं, मंसिर १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बसेको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको जन्मदिन मनाइएको छ।
पौडेलको ६२ औं जन्मदिनको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको हाे। बैठकमा उपस्थित अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पाेखरेलका साथै नेताहरुले पौडेललाई केक खुवाएर जन्मदिनको शुभकामना दिएका थिए।
साथै, पार्टी उपध्यक्ष वामदेव गाैतमले '१०० वर्ष बाँच्नुहाेस् र राम्राे काम गरेर जानुहाेला' भन्दै महासचिव पैडेललाई शुभकामना दिएका थिए।
पौडेलले केक काटेपछि सचिवालय बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेससल्लाहकार सुर्य थापाले बताएका छन्।


फाेटाे : सूर्य थापाकाे फेसबुकबाट
प्रकाशित मिति: २०:२६ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











