Kathmandu Press

क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

बेल्ग्रेड, मंसिर १६ : क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको...
क्रोएसियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण

बेल्ग्रेड, मंसिर १६ : क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

गत शनिबार उनकी श्रीमतीलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो। 

Hardik ivf

उनलाई पनि सङ्क्रमण पुष्टि भएपछि अहिले उनी दश दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन्।

उनलाई पहिलो पटक परीक्षण गर्दा नेगेटिभ नै देखिएको थियो। तर स्वास्थ्यकर्मीहरूले फेरि परीक्षण गर्न सुझाव दिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको अधिकारीहरूले जनाएका छन्।  
 
अहिले उनको स्वास्थ्य अवस्था सामान्य नै रहेको जनाइएको छ। उनले घरबाटै आफ्ना कामहरु गरिरहेको पनि अधिकारीहरुले बताएका छन्। 

उनले आइसोलेसनमा बसेर कोरोनासम्वन्धी आधारभूत स्वास्थ्य सतर्कताहरु पालना गरेको उनका सहयोगीहरूले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्