नेकपा सचिवालय बैठक बालुवाटारमा जारी
काठमाडौं, मंसिर १६ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।नेकपा कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा...
काठमाडौं, मंसिर १६ : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।
नेकपा कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली जान नमानेपछि बालुवाटारमै सुरु भएको हो। बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमलम दाहाल प्रचण्डसहित नौ जना सदस्य सहभागी छन्।
आजको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले ल्याएको दुवै प्रस्तावमाथि छलफल हुने जनाएको छ। प्रचण्डले कात्तिक २८ गते प्रस्ताव ल्याएका थिए भने त्यसको जवाफमा ओलीले मंसिर १३ गते प्रस्ताव पेश गरेका थिए।
दुवै प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल हुने लागेको हो।
प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











