एक अध्यक्षलाई मात्र जिम्बेवार देखाएर राजीनामा माग्नु गुटगत मानसिकता हो : मुख्यमन्त्री पोखरेल
काठमाडौं, मंसिर १६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुटगत हिसाबले...
काठमाडौं, मंसिर १६ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा नेता शंकर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुटगत हिसाबले मात्र चलेको गम्भीर आरोप लगाएका छन्।
आज बस्न लागेको नेकपा सचिवालय बैठकअधि सामाजिक सञ्जाल फसबुकमार्फत उनले एकजना अध्यक्षलाई मात्र जिम्मेवार देखाएर प्रधानमन्त्रीको राजीनामा माग्नुलाई गुटगत मानसिकता भनेका छन्।
उनले लेखेका छन्, ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजीनामाको मागगर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता हो।’
प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











