Kathmandu Press

प्रिमियर लिगमा लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं, मंसिर १६ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई फुल्हमले २–१ ले हराएको छ ।गएराति भएको खेलमा लेष्टरलाई उसैको मैदानमा पराजित गर्न...
प्रिमियर लिगमा लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं, मंसिर १६ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीलाई फुल्हमले २–१ ले हराएको छ ।

गएराति भएको खेलमा लेष्टरलाई उसैको मैदानमा पराजित गर्न फुल्हमका एडेमोला लुकम्यान र इभाँ काभालेइरोले एक एक गोल गरे । पराजित टोली लेष्टर सिटीका हार्भे बार्न्सले एक गोल फर्काए ।

हारपछि लेष्टर सिटीले प्रिमियर लिगको शिर्ष स्थानमा उक्लीने अवसर गुमाएको छ । १० खेलबाट १८ अंक जोडेको लेष्टर तालिकाको चौथो स्थानमा छ । शिर्ष स्थानको टोटनह्याम हट्सपर र दोस्रो स्थानको लिभरपुलको समान २१ अंक छ भने तेस्रो स्थानको चेल्सीको १९ अंक छ ।

प्रिमियर लिगकै अर्को खेलमा गएराति वेष्ट ह्याम युनाईटेडले एस्टन भिल्लालाई २–१ ले हराएको छ । जितपछि १० खेलबाट १७ अंक जोडेको वेष्ट ह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । 

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्