Kathmandu Press

विश्वराज पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस 

काठमाडौं, मंसिर १५ : प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालमा सोमबार बसेको बढुवा...
विश्वराज पोखरेल एआइजीमा बढुवाका लागि सिफारिस 

काठमाडौं, मंसिर १५ : प्रहरी नायब महानिरीक्षक (डीआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्। 

गृह मन्त्रालमा सोमबार बसेको बढुवा समितिको बैठकले डीआइजी पोखरेललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

Hardik ivf

सरकारले केहीदिन अघि नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डीआइजी को दरबन्दी थपेको थियो। सोही अनुसार रिक्त रहेको एआइजी पदमा बढुवाका लागि पोखरेलको नाम सिफारिस समितिले गरेको हो।

डीआइजी पोखरेल महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा कार्यरत छन्। एआइजीमा बढुवाको सिफारिस भएका पोखरेललाई प्रहरी संगठनमा भावी आइजीपीका रुपमा पनि हेरिएको छ।

प्रकाशित मिति: ०१:२४ बजे, मंगलबार, मंसिर १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्