श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त
काठमाडौं, मंसिर १५ : वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्।सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले...
काठमाडौं, मंसिर १५ : वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ न्याय परिषद् सदस्यमा नियुक्त भएका छन्।
सुनसरीको धरान निवासी वरिष्ठ अधिवक्ता श्रेष्ठलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषद् सदस्यमा नियुक्त गरेकी हुन्।
संविधानको धारा १५३ उपधारा (१) को खण्ड ‘ङ’ दफाबमोजिम श्रेष्ठलाई नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: ००:१२ बजे, मंगलबार, मंसिर १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(7)-1765197040.jpg)
