शेयर बजार: होटल उपसूचकमा सबैभन्दा धेरै वृद्धि
काठमाडाैं, वैशाख २४ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १ दशमलव ८७ ले वृद्धि भएर १३०१ दशमलव २८ को विन्दुमा पुगेको छ।
आज ....
काठमाडाैं, वैशाख २४ : साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १ दशमलव ८७ ले वृद्धि भएर १३०१ दशमलव २८ को विन्दुमा पुगेको छ।
आज दोस्रो बजार परिसूचकमा ० दशमलव १४ प्रतिशतकोे वृद्धि देखिएको छ। दोस्रो बजार १२९९ दशमलव ४१ को विन्दुमा खुलेको थियो भने १३११ दशमलव १८ को उच्च विन्दुसम्म पुगेको थियो।
आज बजारको न्यून विन्दु १२९५ दशमलव ७३ थियो। आज दिनभरमा ७२ करोड ८८ लाख बराबरको शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै होटल उपसूचकमा वृद्धि देखिएको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको शेयर किनबेच भएको छ। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ५ करोड ९९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज हिमालयन डिष्ट्रिलरीका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने पाँचथर पावर कम्पनी लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ६२ प्रतिशतले गुमाए।
भोलिका प्रमुख गतिविधि
लुम्बिनी जनरल इन्स्योरेन्सले वैशाख २५ गते विशेष साधारण सभा बोलाएको छ। सभामा कम्पनीले २० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव लैजाँदै छ। प्रस्तावित हकप्रद पश्चात कम्पनीको पूँजी एक अर्ब कट्नेछ।
प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्तीहरुको प्रवृत्ति हो। वैशाख २४ गते बजार १३०१ दशमलव २८ विन्दुमा बन्द भएको छ। अघिल्लो दिनको मैनबत्तीले बुलिस मारुबोजु आकृति बनाएको थियो भने त्यही अनुरुप आज कारोबारको पहिलो समयमा बजार १३११ दशमलव १८ सम्म बढेको थियो। तर, आजको मैनबत्तीले कारोबारको पछिल्लो समयमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिन्छ। आजको बजारमा क्रेता र विक्रेता दुबैको चाप रहेको देखिन्छ।
चित्र नं. २ : ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई ५ मिनेट समयावधिका मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबार दिनको निष्कर्ष अनुसार यदि बजार १३०० भन्दा माथि स्थिर रहन सकेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन प्रतिरोध १३१५ मा रहेको भनिएको थियो। आज बजार १३०० भन्दा माथि रहेको तर, उल्लेखित प्रतिरोधभन्दा केही तलबाट नै बजार सच्चिएको छ। हाल नेप्सेले मनोवैज्ञानिक प्रतिरोध १३०० लाई नै परीक्षण गरिरहेको देखिन्छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापस नजिकिँदै गएको देखिन्छ। यसले बजारमा खरिदकर्ताको चाप कम हुँदै गएको संकेत गर्दछ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ५२ दशमलव ४६ अंकमा रहेको छ। यसले कारोबारको पछिल्लो समयमा बजार सकारात्मक क्षेत्रमा प्रवेश गरेको प्रारम्भिक संकेत गरेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले पनि बजारको अन्तिम समयमा क्रेताहरुको चाप रहेको र बजार केही समयका लागि सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयका नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार १३०० भन्दा माथि स्थिर रहेमा बजारले पुनः १३१२ को प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ। त्यस्तै, तत्कालीन सामान्य टेवा १२९० देखि १२९५ को क्षेत्रमा रहेको देखिन्छ।