Kathmandu Press

प्रधानमन्त्री ओली टिकटकमा, यस्ताे छ पहिलाे भिडियाे

काठमाडौं, मंसिर १५ : सामाजिक सञ्जालमा सक्रियता जनाउदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा पनि एकाउन्ट खोलेका छन्।उनको अफिसियल एकाउन्ट...
प्रधानमन्त्री ओली टिकटकमा, यस्ताे छ पहिलाे भिडियाे

काठमाडौं, मंसिर १५ : सामाजिक सञ्जालमा सक्रियता जनाउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सेयरिङ एप टिकटकमा पनि एकाउन्ट खोलेका छन्।

उनको अफिसियल एकाउन्ट भेरिफाइड भइसकेको छ। टिकटकमा एकाउन्ट बनाउने बारे उनले विज्ञहरुसँग पनि छलफल गरेका थिए।

भाषणको केही अंश टिकटक भिडियोमा देख्न सकिन्छ। अहिलेसम्म एउटा मात्र भिडियोमा अपलोड भएको छ। जसमा फलो गर्नेको संख्या दुई हजार ६ सय ४५ पुगेको छ। प्रधानमन्त्री ओलीको पहिलो भिडियोलाई लाइकस् गर्नेको संख्या एक लाख नाघेको छ।

टिकटक प्रयोग गर्दा इन्टरनेटको ब्यान्डविथ धेरै खपत हुने हुँदा इन्टरनेट ढिलो भएको भन्दै चाइनिज एप बन्द गर्ने क्रम बढ्दो छ। भारत र अमेरिकाले समेत आफ्ना देशमा टिकटक बन्द गरेका छन्।

यस्तो वेला प्रधानमन्त्री ओली भने टिकटकमा प्रवेश गरेका छन्।

@kpsharmaoli_official

We are working on service integration #digitalnepal

♬ original sound - We support Nepal - KP Sharma Oli

 

 

 

प्रकाशित मिति: २०:३८ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्