Kathmandu Press

धनगढीमा कोरोना भाइरसको संक्रमणबाट वृद्धको मृत्यु

धनगढी, मंसिर १५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना बृद्धको आज मृत्यु भएको छ।सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेलौरी नगरपालिका ४ का...
धनगढीमा कोरोना भाइरसको संक्रमणबाट वृद्धको मृत्यु

धनगढी, मंसिर १५ : कोरोना भाइरसको संक्रमणबाट धनगढीमा एक जना बृद्धको आज मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरको बेलौरी नगरपालिका ४ का ७६ वर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनलाई मंसिर ५ गते कोरोना संक्रमण भएको थियो। श्वासप्रश्वासमा समस्या आएपछ िमंसिर ८ गते अस्पताल भर्ना गरिएको थियो।

त्यहि दिनदेखि उनलाई भेन्टिलेटरमा राखेर भइरहेको थियो। उनी उच्च रक्तचाप र दमबाट पनि पीडित रहेको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्