Kathmandu Press

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु

मारेङ, मंसिर १५ : विराटनगर–४ कञ्चनबारीमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  तीन जना घाइते भएका छन्।सप्तरीबाट उपचारका...
एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु

मारेङ, मंसिर १५ : विराटनगर–४ कञ्चनबारीमा आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने  तीन जना घाइते भएका छन्।

सप्तरीबाट उपचारका लागि विराटनगर ल्याइँदै गरेका बिरामीको दुर्घटनामा मृत्यु भएको हो। एम्बुलेन्समा सवार अन्य तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार सप्तरीबाट बिरामी बोकेर विराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किँएको थियो। लहरी सडकमा रोकेर राखिएको थियो।

दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो। उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन्। तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

एम्बुलेन्स चालक हरिनारायण यादव भागेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:२४ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्