Kathmandu Press

सैन्यको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर, मंसिर १५ : नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या...
सैन्यको परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी पक्राउ

कञ्चनपुर, मंसिर १५ : नेपाली सेनाको सैन्य दर्जाको लिखित परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ स्थित कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा सञ्चालन भइरहेको परीक्षामा सहभागी हुन खोज्ने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

Hardik ivf

परीक्षार्थी बझाङ दुर्गाथली गाउँपालिका–४ का २२ वर्षीय मुकेश भण्डारीको सट्टामा परीक्षा दिन खोज्ने नक्कली परीक्षार्थी डोटी सायल गाउँपालिका–६ का २२ वर्षीय सुमन खड्कालाई पक्राउ गरेको हो।

उनीसँगै मुकेशलाई पनि समातिएको प्रहरीले जनाएको छ। थप अनुसन्धान भइरहेकाे डिएसपी क्षेत्रीले बताए। (रासस)

 

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, मंसिर १५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्