ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार
काठमाडौं, मंसिर १४ : सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले तयार पारेको प्रतिवेदन अस्वीकार गरेको छ। राजनीतिक पूर्वाग्रह राखेर प्रतिवेदन तयार पारेको भन्दै सरकारले अस्वीकार...
काठमाडौं, मंसिर १४ : सरकारले ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले तयार पारेको प्रतिवेदन अस्वीकार गरेको छ। राजनीतिक पूर्वाग्रह राखेर प्रतिवेदन तयार पारेको भन्दै सरकारले अस्वीकार गरेको हो।
ट्रान्सपरेन्सी इन्टरनेसनलले केही दिनअघि नेपालमा भ्रष्टाचार बढ्दै गएको प्रतिवेदन सार्वजनिक गरेको थियो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको प्रतिवेदन कुनै पनि तथ्यबाट प्रमाणित नहुने बताएका छन्। उनले भ्रष्टाचारविरुद्धमा लागेको सरकार र प्रधानमन्त्रीले नै भ्रष्टाचारीको संरक्षण गर्ने आधार के हो भन्दै प्रश्नसमेत गरेका छन्।
‘भ्रष्टाचारको विरुद्धमा लागेको सरकार र प्रधानमन्त्री नै भ्रष्टाचार गर्नेलाई प्रधानमन्त्रीले संरक्षण गरे भन्ने आधार के?’, उनले भने, ‘प्रमाणित कसरी हुन्छ ? यो तथ्यहीन र राजनीतिक पूर्वाग्रहबाट भएको हो भन्ने देखिन्छ।’
सरकारविरुद्धका मिसनका रूपमा लागेर नेपाली जनता र सरकारलाई बदनाम गर्ने र सरकारप्रति वितृष्णा फैलाउने काम भएको उनले दाबी गरेका छन्।











