Kathmandu Press

राष्ट्रपति भेट्न शितल निवास पुगे चिनियाँ रक्षामन्त्री फेङ्हे

काठमाडौं, मंसिर १४ : एक दिने नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले आधा...
राष्ट्रपति भेट्न शितल निवास पुगे चिनियाँ रक्षामन्त्री फेङ्हे

काठमाडौं, मंसिर १४ : एक दिने नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे राष्ट्रपति कार्यालय, शितल निवास पुगेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले आधा घन्टा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। भण्डारीसँगको भेटपछि फेङ्हे आजै स्वदेश फकर्ने कार्यक्रम रहेको छ।

शितल निवास जानु अघि फेङ्हेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गरेका छन्।

आइतबार बिहान काठमाडौं आएका फेङ्हेलाई विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले उनलाई स्वागत गरेका थिए।

प्रकाशित मिति: ००:०४ बजे, सोमबार, मंसिर १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्