Kathmandu Press

बालात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर १४ : बालात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्चका न्यायधीश आनन्द मोहन पाठक र प्रकाश ढुंगानाको संयुक्त्त इजलासले...
बालात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं, मंसिर १४ : बालात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको छ। 

सर्वोच्चका न्यायधीश आनन्द मोहन पाठक र प्रकाश ढुंगानाको संयुक्त्त इजलासले सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश दिएको हो।

सिद्धबाबा भनिने कृष्णदास गिरीलाई २०७६ माघ ९ गते उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गदै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो। 

उच्च अदालतको आदेशलाई बेरितको भन्दै सवर्नेच्चमा निवेवदन दिएका कृष्ण दासलाई सर्वोच्चले उच्चको आदेश रित अनुसारको रहेको भन्दै कानुन बमोजिम गर्न आदेश गरेको हो।

उच्च अदालतले थुनामा राख्ने आदेश गरेपछि भारततर्फ फरार भएका कृष्णदास पछि आफै अदालतमा हाजिर भएपपछि उनी सुनसरीको झुम्का कारागारमा बन्दि जीवन बिताउँदै आएका थिए।

उनीमाथि सुनसरीको चतराधामस्थित आश्रममा आपनै साधक महिलालाई बलात्कार गरेको आरोप कृष्णदासलाई लागेको छ। 

प्रकाशित मिति: २२:३८ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्