कोरोना संक्रमणको कारण थप २५ जनाको मृत्यु
काठमाडौं, मंसिर १४ : कोरोना संक्रमणको कारण गत २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना...
काठमाडौं, मंसिर १४ : कोरोना संक्रमणको कारण गत २४ घण्टामा थप २५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको छ।
त्यसैगरी आइतबार नेपालमा थप १२ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर १ हजार ४ सय ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हाल देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित छन् भने ६३२ जना क्वारेन्टाइनमा रहेका छन्।
प्रकाशित मिति: २२:२८ बजे, आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











