Kathmandu Press

कोरोना संक्रमणको कारण डडेल्धुरामा एकको मृत्यु

काठमाडौं, मंसिर १४ : कोरोना संक्रमणको कारण डडेल्धुरामा थप एक जनाको मृत्यु भएको छ।अमरगढी नगरपालिकाका ८५ वर्षीया वृद्धाको डडेल्धुरा अस्पतालको आइसोलेसनमा आइतबार बिहान मृत्यु...
कोरोना संक्रमणको कारण डडेल्धुरामा एकको मृत्यु

काठमाडौं, मंसिर १४ : कोरोना संक्रमणको कारण डडेल्धुरामा थप एक जनाको मृत्यु भएको छ।

अमरगढी नगरपालिकाका ८५ वर्षीया वृद्धाको डडेल्धुरा अस्पतालको आइसोलेसनमा आइतबार बिहान मृत्यु भएको हो।

उनी केही दिनदेखि निमोनिया तथा छातीको समस्याबाट पीडित रहेकी थिइन्।

मृतकको शव सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। 

योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रकाशित मिति: २२:१३ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्