Kathmandu Press

उद्दमी शेखर गोल्छा बने नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्ष

काठमाडौं, मंसिर १४ : नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा उद्दमी शेखर गोल्छा चयन भएका छन्। शनिबार सम्पन्न ५४ औं साधारणसभाले उनलाई...
उद्दमी शेखर गोल्छा बने नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्ष

काठमाडौं, मंसिर १४ : नेपाल उद्योग वाणिज्य महासंघको १९औं अध्यक्षको रुपमा उद्दमी शेखर गोल्छा चयन भएका छन्। शनिबार सम्पन्न ५४ औं साधारणसभाले उनलाई अध्यक्ष चयन गरेकोहो। 

उनी करिब चार वर्षअघि महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका थिए। साथै, उनी नाडा अटोमोबाइल एशोसिएसनको अध्यक्ष समेत भइसकेका छन्। 

अब उनले  आगामी दुई वर्ष निजी क्षेत्रको छाता संगठनको नेतृत्व गर्नेछन्। 

गोल्छासहितका ५४ औं साधारणसभाबाट निर्वाचित सबै कार्यसमितिका सदस्यहले आजै बेलुका पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। 

आइतबार बिहान सम्पन्न मतगणनाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरुमा वस्तुगतबाट अन्जन श्रेष्ठ, जिल्लानगरबाट दिनेश श्रेष्ठ र एशोसिएटबाट रामचन्द्र संघई निर्वाचित भएका छन्। 

प्रकाशित मिति: २१:०० बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्