Kathmandu Press

जंगी अड्डा निरीक्षणको लागि पुगे चिनियाँ रक्षामन्त्री फेङ्हे

काठमाडौं, मंसिर १४ : एक दिने नेपाल भ्रमणको लागि आइतबार नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणको लागि भद्रकाली...
जंगी अड्डा निरीक्षणको लागि पुगे चिनियाँ रक्षामन्त्री फेङ्हे

काठमाडौं, मंसिर १४ : एक दिने नेपाल भ्रमणको लागि आइतबार नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणको लागि भद्रकाली पुगेका छन्।

जंगीअड्डामा उनलाई नेपाली सेनाको टोलीले सम्मान गर्दै गारद अर्पण गरेको छ। 

जंगीअड्डामा पूर्वघोषित सैन्य सहयोगको प्रगति विवरणबारे छलफल हुने बताइएको छ।  उनी ३ः४५ बजेसम्म जंगीअड्डामा रहने कार्यक्रम रहेको छ। 

त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: २०:४१ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्