विराटनगरमा कोरोनाबाट थप एकको मृत्यु
विराटनगर, मंसिर १४ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ।गएराति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–५ का ५५...
विराटनगर, मंसिर १४ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ।
गएराति विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारी नगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।
पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने, छात्ती दुख्नेलगायतका समस्या देखिएपछि उनी मंसिर ४ गते अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वाब परीषण गर्दा मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
उनको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:४५ बजे, आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











