चिनियाँ रक्षामन्त्री फेङहेसँग सैन्य सहयोगबारे छलफल हुने
काठमाडौं, मंसिर १४ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे र नेपाली सेनाबीच पूर्वघोषित सैन्य सहयोग हस्तान्तरणबारे छलफल हुने भएको...
काठमाडौं, मंसिर १४ : नेपाल भ्रमणमा रहेका चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङहे र नेपाली सेनाबीच पूर्वघोषित सैन्य सहयोग हस्तान्तरणबारे छलफल हुने भएको छ।
चीनले दुई पटक गरी ३ सय मिलियन आरएमबी नेपाललाई सैन्य सहयोग गर्ने घोषणा गरेको थियो। असारमा चीन भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापासँग १५० आरएमबी र नेपाल भ्रमणमा आएका चीनका राष्टिपति सी चिनफिङले थप १५० मिलियन आरएमबी सैन्य सहयोग गर्ने घोषणा गरेका थिए।
हालसम्म दुवै सहमति कार्यान्वयनमा आउन नसकेको कारण आज हुने चिनियाँ रक्षामन्त्री फेङहेसँग जंगीअड्डामा सैन्य सहयोगको प्रगति विवरणबारे छलफल हुने भएको हो।
जंगीअड्डामा चिनियाँ रक्षामन्त्री फेङहे साढे १ बजेदेखि ३ः४५ बजेसम्म फेङहे रहने कार्यक्रम रहेको छ।
त्यसपछि उनले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।











