Kathmandu Press

चिनियाँ रक्षामन्त्री वेई फेङ काठमाडौंमा

नेपालको औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित चिनियाँ रक्षामन्त्री वेई फेङ आइतबार बिहान काठमाडौं आएका छन्।
चिनियाँ रक्षामन्त्री वेई फेङ काठमाडौंमा

काठमाडौं, मंसिर १४ : चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ काठमाडौं आइपुगेका छन्।

नेपालको औपचारिक भ्रमणका लागि २० सदस्यीय प्रतिनिधिमण्डलसहित फेङ आइतबार बिहान काठमाडौं आएका हुन्। उनी चीनको पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री हुन्।

एयर चाईनाको विमानमार्फत् भित्रुवन विमानस्थल अवतरण गरेका फेङ विभानस्थलबाट बालुवाटारस्थित चिनियाँ दूतावास गएका छन्।

चिनियाँ रक्षामन्त्रीले आइतबार प्रधानसेनापति, प्रधानमन्त्री र राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमण पूरा गरि उनी आजै साँझ स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १७:०२ बजे, आइतबार, मंसिर १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्