दशरथचन्दका मेयरसहित १८ जनामा कोरोना
बैतडी, मंसिर १४ : बैतडीको दशरथचन्द नगरपालिका मेयरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणमा मेयर नरेन्द्रसिंह थापालाई कोरोना...
बैतडी, मंसिर १४ : बैतडीको दशरथचन्द नगरपालिका मेयरसहित १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
जिल्ला अस्पताल बैतडीमा गरिएको परीक्षणमा मेयर नरेन्द्रसिंह थापालाई कोरोना संक्रमण पुष्टि भएको हो। उनीसँगै १८ जनामा पनि संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमण पुष्टि हुनेहरुमा जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन जवान, नेपाल प्रहरीका एक, दुईजना श्रीलंकाली पर्यटक र दशरथचन्द नगरपालिकाका आठ जनामा रहेको जनाएको छ।
गोठलापानीको एक होटेलमा रहेका दुई पर्यटकको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए।
योसँगै बैतडीमा संक्रमितको संख्या पाँच सय ५१ पुगेको छ। अहिले सक्रिय संक्रिमितको संख्या ५५ रहेको छ।
प्रकाशित मिति: १६:०६ बजे, आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











