भारतमा २४ घण्टामा ४६७ कोरोना संक्रमितको मृत्यु
काठमाडौ, मंसिर १४ : भारतमा पछिल्लो २४ घण्टामा ४६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३६...
काठमाडौ, मंसिर १४ : भारतमा पछिल्लो २४ घण्टामा ४६७ कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै भारतमा संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ७०५ पुगेको छ । यस्तै त्यहाँ कोरोना संक्रमितको संख्या पनि ९३ लाख नाघेको छ ।
डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार ५६७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितको पछिल्लो वृद्धिसँगै भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख ९० हजार ७९१ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८७ लाख ९९ हजार २४९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १२:५८ बजे, आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











