Kathmandu Press

प्रदेश १ का प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

विराटनगर, मंसिर १३ :  प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ।शुक्रबार साँझ आएको रिपोर्टमा प्रदेश प्रमुख अधिकारीलाई कोरोना...
प्रदेश १ का प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

विराटनगर, मंसिर १३ :  प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना संक्रमण देखिएको छ।

शुक्रबार साँझ आएको रिपोर्टमा प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिए।

प्रदेश प्रमुख अधिकारीलाई सामान्य लक्षण देखिएपछि शुक्रबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा स्वाब दिएका थिए। उनकी धर्मपत्नी र सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीलाई पनि सङ्क्रमण देखिएको प्रेस सल्लाहकार अधिकारीले बताए।  

प्रदेश प्रमुख अधिकारी र उनकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अधिकारी र उनकी धर्मपत्नी विराटनगरस्थित निवासमै होम आइसोलेसनमा बसेका छन्।
 

प्रकाशित मिति: २३:०३ बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्