काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित
काठमाडौं, मंसिर १३ : काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ६४५ जनामा कोरोना...
काठमाडौं, मंसिर १३ : काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप ६४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, शनिबार नेपालमा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने अहिलेसम्म २ लाख ११ हजार १८६ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १४५४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ५१५ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











