प्रदीप ज्ञवालीले भने- नेकपाको विवादमा सके पानी राख्नुस्, नसके घिउ नथप्नुस्
तम्घास, मंसिर १३ : परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवादलाई लिएर अनावश्यक वादविवादमा नउत्रिन आग्रह...
तम्घास, मंसिर १३ : परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवादलाई लिएर अनावश्यक वादविवादमा नउत्रिन आग्रह गरेका छन्।
नेकपाका नेता बोमबहादुर खड्काको शोक सभालाई शनिबार गुल्मीको नयाँ गाउँमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले पाार्टीमा देखिएको विवादमा घिउ नथप्न आग्रह गरे।
‘पार्टीभित्रको विवाद सामान्य विवाद हो। यो समाधान हुन्छ,’ उनले भने,‘सके विवादमा पानी राख्नुस्, नसके घिउ नथप्नुस्।’
उनले पार्टीभित्रको गुट–उपगुटका बनाएर अनावश्यक विवादमा अब नउत्रिन नेता तथा कार्यकर्तालाई आग्रह गरे।
फरक प्रसंगमा मन्त्री ज्ञवालीले भ्रष्टाचारीलाई पाता फर्काएर जेल हाल्ने बताए। ‘सरकारले भ्रष्टाचार गर्ने आफ्ना वा अरु जो कोहीलाई पनि जेल हाल्छ,’ उनले भने,‘ सुनकाण्ड, ललिता निवास, भ्याट छली काण्ड लगायत प्रकरण देखेर भ्रष्टाचारीहरु अताल्लिएका छन्,’ उनले भने।











