संसद अधिवेशन तत्काल बोलाइनुपर्छ : सिंह
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्। काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र...
काठमाडौं, मंसिर १३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन्।
काठमाडौंको नागार्जुन नगरपालिकाले सुरु गरेको अग्नि समन यन्त्र वितरण कार्यक्रमलाई शनिबार बिहान सम्बोधन गर्दै उनले संसद बैठक बस्न नसक्दा जनप्रतिनिधिहरुले जनताका समस्या सरकारसमक्ष पुर्याउन नसकिएकाले तत्काल संसद अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेका हुन्।
‘बजेट सेसन अपर्झट, विधि प्रक्रिया पूरा नगरिकन स्थगित गरियो,’ नेता सिंहले भने, ‘अब संसदको सेसन यो सरकारले चाँडै नै आह्वान गर्नेतिर लाग्नुपर्छ।’
जनप्रतिनिधिहरुले जनताका दुःखहरु र सरकारले गर्न नसकेका काम संसदमा उठाएर सरकारलाई काम गर्न बाध्य बनाउनतिर लाग्नुपर्ने उनले बताए। नेता सिंहले तत्काल उपसभामुख चयन गर्नु पर्ने र संवैधानिक आयोगलाई पूर्णता दिनु पर्ने पनि बताए।
ट्रान्सपरेन्सी इन्टनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी रिपोर्टको चर्चा गर्दै नेता सिंहले वर्तमान सरकार भ्रष्ट भएको बताएका थिए।











