नेकपा सचिवालय बैठक बालुवाटारमा सुरू
काठमाडौं, मंसिर १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको नेकपा सचिवालय...
काठमाडौं, मंसिर १३ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रस्ताव पेश गरेका छन्।
यसअघि मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूले पनि प्रतिवेदन प्रस्तुत गर्ने र त्यसका लागि समय चाहिने बताएपछि मंसिर १३ मा बस्ने गरी बैठक स्थगित भएको थियो।
कात्तिक अन्तिम साता बसेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नातर्फबाट राजनीतिक प्रस्ताव पेश गरेका थिए।
प्रकाशित मिति: १९:०३ बजे, शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











