रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु
मुसिकोट, मंसिर १३ : रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। जन्ती...
मुसिकोट, मंसिर १३ : रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्।
जन्ती लिएर आठबीसकोट–२ घारीखोलाबाट आठबीसकोट–८ दाँजेतर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जीप आठबीसकोट नगरपालिका–७ पोखरामा दुर्घटना भएको हो।
गएराति भएको दुर्घटनामा परी आठबीसकोटका ६६ वर्षीय सार्के नेपाली, ४८ वर्षीय आइते चदारा, अन्दाजी ५१ वर्षीय गोरे नेपाली र सोही नगरपालिका–७ का ५१ वर्षीय कलिभान नेपालीको मृत्यु भएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए।
दुर्घटनामा ६० वर्षीय लालबहादुर नेपाली गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जीप चालक फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रकाशित मिति: १५:२६ बजे, शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











