Kathmandu Press

चिनियाँ रक्षामन्त्री आइतबार एक दिने नेपाल भ्रमणमा आउने 

काठमाडौं, मंसिर १३ : चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने निश्चित भएको छ। भारतीय विदेश सचिवको दुई...
चिनियाँ रक्षामन्त्री आइतबार एक दिने नेपाल भ्रमणमा आउने 

काठमाडौं, मंसिर १३ : चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणको लागि नेपाल आउने निश्चित भएको छ। 

भारतीय विदेश सचिवको दुई दिने भ्रमण सकिए लगत्तै सरकारले चिनियाँ विदेश मन्त्रीको औपचारिक भ्रमण घोषणा गरेको हो । चिनियाँ विदे मन्त्रीले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट गर्नेछन् । उनी आइतबार नै फर्कने छन् ।

प्रकाशित मिति: १५:०० बजे, शनिबार, मंसिर १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्