Kathmandu Press

ईयूले नेपालको हवाई उडानमा लगाएको प्रतिबन्द चाँडै हट्छ: पर्यटनमन्त्री भट्टराई

काठमाडौं, मंसिर १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने...
ईयूले नेपालको हवाई उडानमा लगाएको प्रतिबन्द चाँडै हट्छ: पर्यटनमन्त्री भट्टराई
फाइल तस्वीर।

काठमाडौं, मंसिर १२ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने बताएका छन्।

नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध लगाइराख्नुपर्ने कुनै कारण नभएको प्रष्ट पारेका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को शुक्रबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासोअनुरुप नेपालले हवाई उड्डयन क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने जिकिर गरे। 

उनले भने,“युरोपियन मुलुकमा हाम्रो उडान प्रतिबन्ध कायमै छ, अन्य मुलुकभन्दा हामी हवाई सुरक्षास्तरमा माथि छौँ, तर पनि किन प्रतिबन्ध कायमै, प्राधिकरणको उडान सुरक्षा प्रतिवेदनले पनि हाम्रो अवस्थालाई स्पष्ट गरेको छ, त्यसैले अझै पनि प्रतिबन्ध लगाइरहनुपर्ने आवश्यकता छैन, यो कुनै तथ्यमा आधारित पनि छैन।”  

उनले ईयूको उडान प्रतिबन्ध फुकुवाको वातावरणका लागि सबैको लबिङ र संयुक्त पहलकदमी चाहिने बताए। पर्यटनमन्त्री भट्टराईले कानूनी प्रक्रिया पूरा गरी चाँडै नै ईयूको प्रतिबन्ध फुकुवा गरिने उल्लेख गरे।

प्रकाशित मिति: २३:३१ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्