Kathmandu Press

कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त

वीरेन्द्रनगर, मंसिर १२ : कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त...
कर्णाली प्रदेशको योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त

वीरेन्द्रनगर, मंसिर १२ : कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सर्वराज खड्का नियुक्त भएका छन्।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले खड्कालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि आयोगको उपाध्यक्ष रहेका पुण्यप्रसाद रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको उपकुलपतिमा नियुक्त भएपछि उक्त पद रिक्त थियो।

यस्तै, बैठकले मुख्यमन्त्रीको समन्वय विज्ञका रुपमा सुर्खेतका झकबहादुर मल्ललाई नियुक्त गरेको छ। मुख्यमन्त्रीको समन्वय विज्ञमा नियुक्त मल्ल नेकपाको सुर्खेतका सह–इन्चार्ज हुन्।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका निर्णय :

प्रकाशित मिति: २३:२५ बजे, शुक्रबार, मंसिर १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्